बुटवल उपमहानगरले ल्यायो २ अर्ब १ करोडको बजेट 

असार १०, २०७७

अमृता अनमोल

बुटवल — स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता दिँदै बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याएको छ ।

उपमहानगरको नगर सभाको सातौं अधिवेशनमा बुधबार उपप्रमुख गुमादेवी आचार्यले २ अर्ब १ करोड ६५ लाख ५४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी छन् । यो बजेट चालू आर्थिक वर्षकोभन्दा ११ करोड बढी हो । 

बजेटको धेरै रकम स्वास्थ्य क्षेत्र सुधार र पूर्वाधार विकासमा छ । ‘स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीका क्षेत्रमा लगानी बढाइ कोभिड-१९ ले ल्याएको समस्यासँग जुध्‍नसक्ने सामर्थ्य बढाउने गरी बजेट ल्याएका छौं,’ उनले भनिन् ।

गत वर्षभन्दा यसवर्ष कोरोनाले खोसिएको रोजगारी प्रवर्द्धन गर्ने र खाद्य सुरक्षा ग्यारेन्टी गर्ने क्षेत्रमा धेरै बजेट केन्द्रीत गर्ने गरी बजेट विनियोजन गरेको उपमहानगरप्रमुख शिवराज सुवेदीले बताए ।

उता, रुपन्देहीको तिलोत्तमा नगरपालिकाले १ अर्ब ८९ करोड २६ लाखको बजेट ल्याएको छ । 

बजेट २०७७

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully