नेपालगन्ज — कोहलपुर मेडिकल कलेजमा उपचार गर्न आएकी अछामकी गर्भवती महिलामा कोरोना संक्रमण देखिएपछि अस्पताल बन्द गरिएको छ ।
सोमबार एम्बुलेन्समा उपचार गर्न २५ वर्षीया गर्भवती महिला अस्पताल आएकी थिइन् । मुम्बईदेखि आएकी उनी अछामको क्वारेन्टाइनमा बसेकी थिइन् । दिशामा समस्या भएकाले उनी उपचार गर्न कोहलपुर अस्पताल भर्ना भएकी थिइन् । अछामको चौरपाटी गाउँपालिका की उनी १८ हप्ताको गर्भवती भएको अस्पतालले जानकारी दिएको छ ।
अहिले ओपीडी सेवा सबै बन्द गरिएको छ । बाहिरबाट उपचार गर्न आउने बिरामीलाई अस्पतालले फिर्ता गरेको छ ।
