नाकामा आएका ४६६ जनाको आरडीटी परीक्षण हुँदै

जेष्ठ २, २०७७

रुपा गहतराज

नेपालगन्ज — नाकामा भित्रिएका  ६ सय ८७ जना मध्ये ४ सय ६६ जनाको आरडीटी परीक्षण हुने भएको छ । भारतमा रहेका नेपालीहरु लकडाउनकै बीच देश फर्किन पाउने हल्ला चलेपछि नाकामा सयौं नेपाली आइपुगेका हुन् ।

नाकामा पुगेका ६ सय ८७ जनामध्ये क्वारेन्टाइनमा २ सय २१ जना छन् । नाकामा ४ सय ६६ जना छन् । बाँकेका सबैलाई नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइन्मा राखिएको छ । जसमा उपमहानगर नेपालगन्जका ५१ जना छन् । उनीहरुलाई १४ दिन् क्वारेन्टाइनमा राखिने छ । 

बिहीबार भित्रिएका बाहिरी जिल्लाका उनिहरुको आरडीटी परीक्षण गरेर आ–आफनो जिल्ला पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाले बताए ।  ‘गाडी हिजोदेखि तयारी अवस्थामा राखेका छौं,’ उनले भने, ‘उहाँहरुलाई आरडीटी परीक्षण  गरेर आ–आफनो  जिल्ला पठाउँदैछौं ।’ अहिलेसम्म ३ सय १२ जनाको आरडीटी परीक्षण भइसकेको नेपालगन्ज उपहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए ।

२ सय २१ मध्ये १ सय ७० जनालाई आ–आफनो पालिका पठाइने नेपालगन्जकी उपमेयर उमा थापा मगरले बताइन् । उनीहरुलाई सम्बन्धित पालिकाको जिम्मा लगाएर पालिकाकै क्वारेन्टाइमा १४ दिन राखिने उपमेयर मगरले बताइन् । नेपालगन्ज  उपमहानगरपालिकाका ५१ जनाको भने पीसीआर परीक्षण गरिने उनले जानकारी दिइन् । 

लकडाउनकोरोना भाइरससीमानाका

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully