बाँकेमा शुक्रबार थपिएका आठै जना संक्रमित नरैनापुरका 

सबै भारतबाट आएका

जेष्ठ २, २०७७

रुपा गहतराज

बाँके — शुक्रबार बाँकेमा आठ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै बाँकेमा सँक्रमितको संख्या ३३ पुगेको छ । यो पटक थपिएका सबै नरैनापुर गाउँपालिकाका हुन् ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा नरैनापुर १,३ र ५ निवासी १८,२०,२२,२५ २५,२७ ३२र ३६ वर्षीय पुरुषमा कोरोना देखिएका हो । भारतबाट घर आएका बाँके नरैनापुरमा बिहीबार ४५को जाँचमा ८ जना  पोजिटिभ देखिएका हुन ।

‘सक्रमितहरुलाई नेपालगन्ज ल्याउने तयारी भइरहेको छ ’स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले भने,‘अब संक्रमितहरुको कन्ट्रयाक ट्रेसिङ गर्छौं ।’

हाल नरैनापुरमा ४ सय ४१ जना क्यारेन्टाइन्मा छन् । सबै भारतबाट आएका हुन् । पछिल्लो समयमा भारतका विभिन्न ठाउँमा बाँके प्रवेश गर्नेमा नरैनापुरका बढी छन् । नरैनापुरमा एकै पटक आठ जनामा कोरोना पुष्टि भएकोले सुरक्षा व्यवस्थालाई कडा पारिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाले बताए । 

कोरोना भाइरस

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully