तिलोत्तमा, रुपन्देही — सरकारले आह्वान गरेको लकडाउनलाई अहिले प्रहरी तथा स्थानीय निकायले कडा रुपमा पालना गरिरहेका छन् । भैरहवामा लकडाउनलाई उल्लंघन गर्दै बिहीबार बिहान समूह बनाएर मर्निङ वाकमा निस्केका ५० जनामध्ये जेष्ठ नागरिकलाई सम्झाइबुझाइ र युवालाई भने सडकमै पुसअप व्यायाम गराइ कारबाही गरिएको छ ।
उनीहरूलाई कारबाहीसँगै सचेतसमेत गराएको सशस्त्र प्रहरी बल नेपाल ३८ नम्बर गुल्म रुपन्देहीका सशस्त्र प्रहरी नायब उपरीक्षक मानबहादुर शाहीले बताए ।
‘सिद्धार्थनगर नगरपालिका–१ बाइपास रोडमा भेट्टिएका उनीहरुलाई सम्झाइबुझाइ गरेपश्चात अब घरबाट बाहिर ननिस्कने सर्तमा घर पठाइएको हो’, उनले भने, ‘भोलिदेखि लकडाउनलाई पूर्ण रुपमा पालना गराउन अझ कडा रुपमा खटिनेछौं ।’
