आइसोलेसनमा ११३ जना 

चैत्र २१, २०७६

अमृता अनमोल

बुटवल — प्रदेश ५ मा गाउँ–गाउँबाट खोजी गरेर कोभिड–१९ को संक्रमण आशंका भएजतिलाई कोरोना विशेष अस्पतालमा भर्ना गर्न थालिएको छ । उनीहरूमा संक्रमण छ कि छैन भनेर स्वाब संकलन गरेर परीक्षणमा पठाउने गरिएको छ । 

प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबारसम्म प्रदेशमा १ सय १३ जना यस्ता बिरामी फेला परेका छन् । त्यसमध्ये ७३ जनाको स्वाब परीक्षण गर्न काठमाडौं पठाइएको थियो । ७१ जनाको परीक्षण रिपोर्ट नेगेटिभ पाइएको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीले जानकारी दिए । अन्यको स्वाब परीक्षणका क्रममा छ । 


मन्त्रालयले गम्भीर अवस्थाका बिरामीका लागि भैरहवाको भीम अस्पतालमा आइसीयु सहितको उपचार कक्ष व्यवस्था गरेको छ । त्यहाँका पाँच शय्यामा आईसीयू छ  । तीन शय्यामा भेन्टिलेटर राखिएको छ । 

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully