कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेनाले कैलाली र कञ्‍चनपुरका दुई सय जनाको स्वाब परीक्षण गर्दै

जगदीश्वर पाण्डे

काठमाडौँ — कोरोना भाइरसको परीक्षण गर्न नेपाली सेनाले सुदूरपश्चिमका विभिन्न क्वारेन्टाइनमा रहेका दुई सय जना व्यक्तिहरुको स्वाब संकलन गर्न थालेको छ ।

सेनाले कैलाली र कञ्‍चनपुरका दुई सय जनाको स्वाब परीक्षण गर्दै

स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर सेनाको १० जनाको चिकित्सक टोली कैलाली र कञ्‍चनपुरमा स्वाब संकलनमा व्यस्त रहेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डले बताए ।

'टोलीले बिहीबारबाट एक क्वारेन्टाइनका दुई व्यक्तिको स्वाब संकलन थालेको छ। यसरी हरेक क्वारेन्टाइनबाट दुई व्यक्तिको स्वाब संकलन गरिदैछ,' प्रवक्ता पाण्डेले भने, 'उक्त स्वापलाई व्यवस्थित रुपमा काठमाडौंमा ल्याएर परीक्षण गरिनेछ ।' उनका अनुसार परिक्णीपछि त्यस क्षेत्रमा कोरोनाको संक्रमण छ वा छैन पत्ता लाग्‍नेछ ।

प्रवक्ता पाण्डेले कोरोना भाइरसको सबैभन्दा बढी जोखिममा पश्चिमी क्षेत्र परेको हुँदा त्यहाँका व्यक्तिहरुको स्वाब परीक्षण गर्न लागिएको बताए । 'यस्तो परीक्षण केही दिनमा काठमाडौं उपत्यकामा पनि सञ्‍चालन गरिने छ ।

ल्याबमा ल्याएर परीक्षण गर्दा पोजिटिभ नदेखिए समस्या भएन । पोजिटिभ देखिए भने त्यसपछि उक्त व्यक्ति कहाँबाटआएका हुन्, पुरै विवरण खोजेर कामलाई थप अघि बढाइन्छ,' उनले भने । सरकारको बढी परीक्षण गर्नुपर्छ भन्ने योजनाअनुसार यो कामलाई बढाइएको उनले बताए ।

प्रकाशित : चैत्र २१, २०७६ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?