कालोबजारी गरेको आरोपमा पक्राउ

चैत्र १८, २०७६

कान्तिपुर संवाददाता

बर्दिया — लकडाउनको मौकामा चिनीमा कालोबजारी गरेको आरोपमा प्रहरीले बढैयाताल गाउँपालिका ८, शितलाबजारका व्यवसायी दामोदर शर्मालाई पक्राउ गरेको छ । 

७५ रुपैयाँ प्रतिकिलोमा पाइने चिनीलाई ९० देखि सय रुपैयाँसम्ममा बेचेको गुनासो आएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘शर्मालाई कालोबजार ऐनअनुसार कारबाही गर्छौं,’ प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले भने ।  

कान्तिपुर

Link copied successfully