२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

विवाद समाधान भएपछि पाल्पाको रम्भामा मतगणना सुरु 

माधव अर्याल

पाल्पा — विवाद समाधान भएपछि पाल्पाको रम्भा गाउँपालिकामा स्थगित भएको मतगणना शुक्रबार अपरान्ह ४ बजेबाट पुन: सुरु भएको छ । बैशाख ३१ गते अपरान्हदेखि स्थगित मतगणना बिहान ७ बजेबाट सुरु गर्ने भनिएको थियो । सर्वदलीय बैठक बसेर गणना भएको रम्भा–५, ताँहुको मतपत्र, सिसिटिभि फुटेज, मतपत्रका अर्धकट्टी छानबिन लगायतका काम सकेपछि मतगणना प्रारम्भ गरिएको रम्भा गाउँपालिकामा खटिएका निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

विवाद समाधान भएपछि पाल्पाको रम्भामा मतगणना सुरु 

उनका अनुसार आवश्यक अनुसन्धन र अनुगमन गरेपछि सबै दल सहमतिमा पुगेर मतगणना सुरु गरिएको हो । खसेको मत १ हजार ९ सय २३ नै भेटिएको र काउन्ट गर्दा जोडाई नमिल्दा अहिलेसम्म विवादित बनेको उनले बताए ।

‘कसले डबल इन्ट्री गरेको हो भन्ने पत्ता लगाउन सकिएकौ छैन,’ उनले भने, ‘विवाद समाधान भएकाले अब सरासर मतगणना हुन्छ ।’

मत गन्न तानसेनबाट १० जना कर्मचारी निर्वाचन कार्यालय र प्रशासनबाट खटाइएको छ । कडा सुरक्षाका बीच मतगणना भइरहेको छ ।

५ नम्बर वडाको सकिएपछि १ नम्बर वडाको मत गनिनेछ । निर्वाचन आयोगले कर्मचारी व्यवस्थापन गरेर मतगणना सुरु गर्न बुधबार नै निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो

प्रकाशित : जेष्ठ ६, २०७९ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?