जसपा अध्यक्ष यादवको वडामा एमालेको प्यानलै विजयी

जेष्ठ ६, २०७९

कान्तिपुर संवाददाता

विराटनगर — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको वडा विराटनगर महानगरपालिका–१४ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

एमालेका वडाध्यक्ष उम्मेदवार सुर्यनारायण महतोले १ हजार २१५ मत ल्याएर विजयी भए । जसपाका उम्मेदवार वलदेव यादवले ७८२ मत मात्र पाए । यादव निवर्तमान अध्यक्षपनि हुन् ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully