पर्साको सखुवाप्रसौनीको अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपा विजयी

जेष्ठ ६, २०७९

भूषण यादब

वीरगन्ज — पर्साको सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्षमा एमालेका जसवन्त यादव निर्वाचित भएका छन् । यादवले १ हजार ८ सय ३१ मतान्तरले जनता समाजवादी पार्टी (जसपा)का प्रदीप जयसवाललाई पराजित गरेका हुन् । 

जयसवाल गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । यादवले ६ हजार ६ सय ४१ मत ल्याएका छन् भने जयसवालले ४ हजार ८ सय १० मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ । 

गाउँपालिका उपाध्यक्षमा जसपाकी शर्मिला विष्ट निर्वाचित भएकी छन् । विष्टले एमालेकी फूलमतिकुमारी थरुनीलाई २ सय १२ मतले पराजित गरेकी हुन् ।

विष्टले ४ हजार ८ सय ६८ मत ल्याएकी छन् भने थरुनीले ४ हजार ७ सय ७८ मत पाएकी छन् । थरुनी निवर्तमान उपाध्यक्ष हुन् । २०७४ को निर्वाचनमा उनी तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित भएकी थिइन् ।

स्थानीय तह निर्वाचन २०७९

भूषण

Link copied successfully