कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राईले अध्यक्ष भए वापत् पाउने सेवासुविधाले डाक्टर पढाईदिने 

काठमाडौँ — सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष असिम राईले आफ्नो कार्यकालभर राज्यबाट प्राप्त गर्ने सुविधा वापतको रकम खर्चेर एक जनालाई एमबीबीएस पढाउने घोषणा गरेका छन् ।

राईले अध्यक्ष भए वापत् पाउने सेवासुविधाले डाक्टर पढाईदिने 

माओवादी केन्द्रबाट निर्वाचित उनले पदभार ग्रहण गर्दै यस्तो घोषणा गरेका हुन् । पालिकाबासीहरुको सेवाका लागि उनीहरुले मलाई चुनेका छन्’ उनले भने,‘कार्यकाल भरी पालिका अध्यक्षको रुपमा प्राप्त हुने सबै सेवा सुविधा गाउँपालिका भित्रका गरिब तथा जेहनदार बिद्यार्थी मध्ये १ जनालाई डाक्टर पढाउन खर्च गर्नेछु ।’

४ हजार ४९ मत सहित गाउँपालिकाको अध्यक्षमा उनी निर्वाचित भएका थिए । यो उनको दोस्रो कार्यकाल हो । यसअघि पनि उनी नै निर्वार्चित बनेका थिए । यो उनको दोस्रो कार्यकाल हो ।



प्रकाशित : जेष्ठ ६, २०७९ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?