राईले अध्यक्ष भए वापत् पाउने सेवासुविधाले डाक्टर पढाईदिने 

जेष्ठ ६, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष असिम राईले आफ्नो कार्यकालभर राज्यबाट प्राप्त गर्ने सुविधा वापतको रकम खर्चेर एक जनालाई एमबीबीएस पढाउने घोषणा गरेका छन् ।

माओवादी केन्द्रबाट  निर्वाचित उनले  पदभार ग्रहण गर्दै यस्तो घोषणा गरेका हुन् । पालिकाबासीहरुको सेवाका लागि उनीहरुले मलाई चुनेका छन्’ उनले भने,‘कार्यकाल भरी पालिका अध्यक्षको रुपमा प्राप्त हुने सबै सेवा सुविधा गाउँपालिका भित्रका गरिब तथा जेहनदार बिद्यार्थी मध्ये १ जनालाई डाक्टर पढाउन खर्च गर्नेछु ।’ 

४ हजार ४९ मत सहित गाउँपालिकाको अध्यक्षमा उनी निर्वाचित भएका थिए । यो उनको दोस्रो कार्यकाल हो । यसअघि पनि उनी नै निर्वार्चित बनेका थिए । यो उनको दोस्रो कार्यकाल हो ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully