१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

सर्लाहीको लालबन्दीमा कांग्रेसका अधिकारी चुनिए मेयर

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको लालबन्दी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले मेयर र उपमेयर दुवैमा जित हासिल गरेका छन् । निर्वाचन आयोगका अनुसार मेयरमा कांग्रेसका उम्मेदवार वासुदेव अधिकारी ९ हजार ५ सय ६१ मत ल्याई विजयी भएका छन् ।

सर्लाहीको लालबन्दीमा कांग्रेसका अधिकारी चुनिए मेयर

उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गोविन्दबहादुर महतलाई १ हजार ६ सय ७८ मतान्तरले पराजित गरेका हुन् । महतले ७ हजार ८ सय ८३ मत ल्याए । यस्तै उपमेयरमा कांग्रेसकी कल्पनामाया पाख्रिनले ८ हजार ८ सय ५० मत ल्याई विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सन्सरीमाया थिङले ८ हजार १ सय ५९ मत प्राप्त गरिन् ।


प्रकाशित : जेष्ठ ५, २०७९ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?