भोजपुरको षडानन्द नगरपालिका प्रमुखमा एमाले र उपप्रमुखमा माओवादी विजयी

भोजपुर — भोजपुरको षडानन्द नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उमेदवार सुरेन्द्र उदास निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उमेदवार तथा पूर्वमेयर वीरवललाई १ हजार १५ मतान्तरले हराउँदै उदास निर्वाचित भएका हुन् ।

भोजपुरको षडानन्द नगरपालिका प्रमुखमा एमाले र उपप्रमुखमा माओवादी विजयी

उदासले ६ हजार ७ सय ७२ मत पाएका छन् भने राईले ५ हजार ७ सय ५७ मत पाए ।

उपमेयरमा एमालेकी मेरिका राईलाई पराजित गर्दै गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी प्रमीला राई विजयी भएकी छन् । उनी निवर्तमान उपमेयर हुन् । नेकपा माओवादीवाट उम्मेदवार रहेकी प्रमीला राईले ७ हजार २ सय ५७ मत ल्याउँदै प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार मेरिका राईलाई २ हजार ८ सय ९९ मतान्तरले पाराजित गरेकी हुन् ।

प्रतिद्वन्द्वी मेरिका राईले ४ हजार ३ सय ५८ मत ल्याएकी थिइन् । अघिल्लो निर्वाचनमा उदास राईसँगै झिनो मतान्तरले पराजित भएका थिए । यस पटक उदास १ हजार १५ मतान्तरका साथ विजयी भएका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७९ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?