३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

टिकापुरको मेयरमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार निर्वाचित

मोहन बुडाऐर

धनगढी — कैलालीको टिकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डगौरा थारु विजयी भएका छन् । उनले आफ्ना  निकटतम प्रतिस्पर्धी कांग्रेसका नवराज रावललाई तीन हजार मत अन्तरले पराजित गरेका हुन् ।

टिकापुरको मेयरमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार निर्वाचित

डगौराले ९ हजार ६ सय ४२ मत प्राप्त गरेका छन् । कांग्रेसका उम्मेदवार रावलले ६ हजार ६ सय ४२ मत पाएका थिए । उपमेयरमा भने माओवादी केन्द्रका खडक शाह निर्वाचित भएका छन् ।

उनले नागरिक उन्मुक्ति पार्टीका उल्कादेवी विकलाई १ सय ५३ मतान्तरले पराजित गरेका थिए । माओवादी केन्द्रका शाहले ७ हजार ९ सय ५५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी विकले ७ हजार ८ सय २ मत प्राप्त गरिन् ।

सुदूरपश्चिम अखण्ड र थारुवान/थारुहट आन्दोलनबाट सिर्जित टिकापुर हिंसात्मक घटनाका आरोपित रेशम चौधरीकी पत्नी रन्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ती पार्टी ३ महिनाअघि निर्वाचन आयोगमा दर्ता भएको थियो । उक्त पार्टीले स्थानीय तहको निर्वाचनका माध्यमबाट टिकापुरसहित वरपरका जानकी, जोशीपुर र भजनी नगरपालिकाको स्थानीय निर्वाचनमा प्रभाव देखाएको छ ।

'टिकापुर हिंसात्मक घटनाको प्रत्यक्ष प्रभावमा परेका थारु बाहुल्य स्थानीय तहमा नागरिक उन्मुक्ति पार्टीप्रति साहनुभूति प्रकट भएको देखिन्छ’ टिकापुरका भरत अधिकारील भने, 'अब स्थानीय नेतृत्व नागरिक उन्मुक्तिलाई जनताले साथ दिनुको अर्थ समाजिक सद्भाव कायम राख्ने जनादेश दिनु पनि हो ।’

प्रकाशित : जेष्ठ ५, २०७९ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?