सुरुङ्गा नगरपालिकाको मेयरमा कांग्रेस विजयी

जेष्ठ ५, २०७९

राजविराज — सप्तरीको सुरुङ्गा नगरपालिका प्रमुखमा नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गराएकी गीता चौधरी विजयी भएकी छन् । चौधरीले ७ हजार २ सय ९२ मत प्राप्त गरी आगामी कार्यकालको लागि सुरुङ्गा नगरपालिकाको मेयर चुनिएकी हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामनारायण चौधरीले ४ हजार २ सय १७ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका रुद्रबहादुर कार्की निर्वाचित भएका छन् । 

उनले ६ हजार २ सय ७५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका सुनिताकुमारी मुखियाले ३ हजार ९ सय ९८ मत प्राप्त गरे ।

स्थानीय तह निर्वाचन २०७९

Link copied successfully