१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

वलान-विहुल गाउँपालिकामा जनमत पार्टीका उम्मेदवार विजयी

अवधेशकुमार झा

राजविराज — सप्तरीको वलान-विहुल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सिके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । जनमत पार्टीका गाउँपालिका अध्यक्षका उम्मेदवार खेमचन्द्र यादव र उपाध्यक्षका उम्मेदवार रेणु यादव विजयी भएका हुन् ।

वलान-विहुल गाउँपालिकामा जनमत पार्टीका उम्मेदवार विजयी

अध्यक्षमा निर्वाचित यादवले २ हजार ९ सय ९४ मत प्राप्त गरेका छन् । यस अघि हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा जनमत पार्टीका वीरेन्द्र माझी निर्वाचित भएका थिए ।

वलान-विहुल गाउँपालिकाको अध्यक्षमा निर्वाचित यादवका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नवीनकुमार झाले २ हजार २ सय ४७ मत प्राप्त गरेका थिए ।

त्यस्तै, उपाध्यक्षमा निर्वाचित यादवले २ हजार ६ सय ९० मत प्राप्त गरेकी छन् । उपाध्यक्षकी प्रतिस्पर्धी कांग्रेसकी आशदेवी मण्डलले २ हजार ३ सय ४ मत प्राप्त गरेकी छन् ।

प्रकाशित : जेष्ठ ५, २०७९ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?