महोत्तरी गाउँपालिका अध्यक्षमा तमलोपा र उपाध्यक्षमा जसपा विजयी

सुनिता बराल

महोत्तरी — महोत्तरी गाउँपालिकामा तराई-मधेस लोकतान्त्रिक पार्टी विजयी भएको छ । लोसपाका दिलीपकुमार पाण्डेय २ हजार ३ सय ३६ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । 

महोत्तरी गाउँपालिका अध्यक्षमा तमलोपा र उपाध्यक्षमा जसपा विजयी

गाउँपालिका उपप्रमुखमा जनता समाजवादी पार्टिकी दिपोदेवी पासवान २ हजार ६४ मतका साथ विजयी भएको निर्वाचन अधिकृत प्रभुनाथ राईले जानकारी दिए ।

पण्डेका निकटतम प्रतिद्वन्द्वी जसपाका अजयजंग रायले २ हजार २ सय ८ मत प्राप्त गरेका छन् । उपप्रमुख पासवानकी निकटतम प्रतिद्वन्द्वी ललितादेवी साहले १ हजार ९ सय ९१ मत प्राप्त गरेकी छन् ।

निर्वाचन कार्यालयले निर्वाचन परिणाम सार्वजनिक गरिसकेको छ ।

प्रकाशित : जेष्ठ ४, २०७९ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?