महोत्तरी गाउँपालिका अध्यक्षमा तमलोपा र उपाध्यक्षमा जसपा विजयी

जेष्ठ ४, २०७९

सुनिता बराल

महोत्तरी — महोत्तरी गाउँपालिकामा तराई-मधेस लोकतान्त्रिक पार्टी विजयी भएको छ । लोसपाका दिलीपकुमार पाण्डेय २ हजार ३ सय ३६ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । 

गाउँपालिका उपप्रमुखमा जनता समाजवादी पार्टिकी दिपोदेवी पासवान २ हजार ६४ मतका साथ विजयी भएको निर्वाचन अधिकृत प्रभुनाथ राईले जानकारी दिए । 

पण्डेका निकटतम प्रतिद्वन्द्वी जसपाका अजयजंग रायले २ हजार २ सय ८ मत प्राप्त गरेका छन् । उपप्रमुख पासवानकी निकटतम प्रतिद्वन्द्वी ललितादेवी साहले १ हजार ९ सय ९१ मत प्राप्त गरेकी छन् । 

निर्वाचन कार्यालयले निर्वाचन परिणाम सार्वजनिक गरिसकेको छ । 

स्थानीय तह निर्वाचन २०७९

सुनिता बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully