रुकुमको चौरजहारीमा माओवादीका वादी विजयी

जेष्ठ ४, २०७९

हरि गौतम

रुकुम पश्चिम — चौरजहारी नगरपालिकाको प्रमुख, उपप्रमुखमा एमाले–कांग्रेस गठबन्धनलाई हराउँदै नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।

प्रमुखमा पुष्प वादी र उपप्रमुखमा इश्वरीकुमारी शर्मा बीएम निर्वाचित भएका छन् । कांग्रेस–एमाले गठबन्धनका कांग्रेस उम्मेदवार प्रेमबहादुर ओलीलाई ५ सय ७१ मतान्तरमा हराउँदै वादी नगरप्रमुखमा निर्वाचित भए । वादीले ६ हजार ८ सय ८२ मत ल्याएका छन् भने ओलीको पक्षमा ६ हजार ३ सय ११ मत आएको छ ।

उपप्रमुखमा निर्वाचित इश्वरीको पक्षमा ७ हजार २ मत आएको छ भने एमाले–कांग्रेस गठबन्धनका एमाले उम्मेदवार टंकप्रसाद ओलीको ५ हजार ७ सय ४४ मत प्राप्त गरे ।

१४ वडा रहेको चौरजहारी नगरपालिकामा ११ वडा माओवादी केन्द्रले जितेको छ भने ३ वडा कांग्रेसले जितेको छ । 

स्थानीय तह निर्वाचन २०७९

हरि

Link copied successfully