दुधौली नगरपालिकाको मेयरमा माओवादी केन्द्रका अधिकारी र उपमेयरमा कांग्रेसका थारु निर्वाचित

जेष्ठ ४, २०७९

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको दुधौली नगरपालिकामा सत्ता गठबन्धनबाट मेयरमा माओवादी केन्द्रका दिनेश अधिकारी दनुवार र उपमेयरमा कांग्रेसका चन्द्रकिशोर थारु निर्वाचित भएका छन् ।

मेयरमा निर्वाचित अधिकारी दनुवारले १५ हजार ८ सय ३८ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका लक्ष्मण कार्कीले १० हजार ६ सय ५२ मत प्राप्त गरे ।

उपमेयरमा कांग्रेसका थारुले १४ हजार २ सय १३ मत प्राप्त गर्दा एमालेकी बालकुमारी अधिकारी दनुवारले १० हजार ६ सय ११ मत पाइन् ।

१४ वटा वडा रहेको दुधौलीमा १, ३, ४, ५, ६, ७ र ८ नम्बर वडामा कांंग्रेसले जितेको छ । वडा नम्बर २, ९, १० र  ११ मा एमाले र १२, १३, १४ नम्बर वडामा माओवादी केन्द्रले जित हात पारेको छ ।

स्थानीय तह निर्वाचन २०७९

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully