लोसपा नेता महतोको गाउँमा कांग्रेसको जित

ओमप्रकाश ठाकुर

सर्लाही — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको गाउँ चन्द्रनगरमा नेपाली कांग्रेसले जित निकालेको छ । महतोका दाजु महेन्द्रलाई पछाडि पार्दै कांग्रेसका उम्मेदवार राजकुमार महतोले विजयी हासिल गरे ।  स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत चन्द्रनगर गाउँपालिकाका अध्यक्षमा नेपाली कांग्रेसका राजकुमारले ३ हजार ९ सय ९५ मत ल्याएर विजयी भएका हुन् ।

लोसपा नेता महतोको गाउँमा कांग्रेसको जित

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लोकेन्द्र मुखियाले ३ हजार ५ सय ३६ मत ल्याए । चन्द्रनगरको निवर्तमान प्रमुख रहेका लोसपा नेता महेन्द्रको मत तेस्रो ठूलो हो । प्रदेश सांसद उपेन्द्र महतोको बुवा समेत रहेका महेन्द्रले २ हजार ८ सय ८५ मतमा चित्त बुझाउनु पर्‍यो ।

यस्तै उपप्रमुखमा माओवादी केन्द्रकी गीतादेवी महतोले ३ हजार ८ सय ६० मत ल्याएर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मन्जुदेवीले २ हजार ९ सय ५८ मत ल्याइन् । मधेस मुद्दा लिएर स्थापित भएको लोसपाले सर्लाहीमा आफ्नो पकड गुमाउँदै गएको छ । यस अघिका निर्वाचनमा ६ स्थानमा जीत हात पारेको तत्कालीन राजपा (हालको लोसपा) सर्लाहीमा अब एक स्थानीय तहको गणनामा मात्र अग्रस्थानमा छ । लोसपा सर्लाहीमा अब एक स्थानमा सीमित हुने आँकलन गरिएको छ ।


प्रकाशित : जेष्ठ ४, २०७९ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?