कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमालेका सुदूरपश्चिम इन्चार्ज भट्टका भाइ पराजित 

गोदावरी नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
मोहन बुडाऐर

धनगढी — कैलालीको गोदावरी नगरपालिकामा नेपाली कांग्रेसका वीरेन्द्र भट्ट विजयी भएका छन् । उनले  एमालेका  सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टका सहोदर भाइ गोकर्ण भट्टलाई ४ हजार २ सय ७७ मतान्तरले पराजित गरेका हुन् । 

एमालेका सुदूरपश्चिम इन्चार्ज भट्टका भाइ पराजित 

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मेयरमा निर्वाचित भट्टले १५ हजार ५सय १ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गोकर्ण भट्टले ११ हजार २सय २४ मत ल्याए । गोदावरीको उपमेयरमा भने एमालेकी उम्मेदवार शारदादेवी रोकाया निर्वाचित भएकी छन् । उनले १० हजार ६ सय ७० मत ल्याइन् । गठबन्धन उम्मेदवार समाजवादीकी रत्ना कठायतलाई राेकायाले ६ सय ८७ मतले पराजित गरिन् । कठायतले ९ हजार ९ सय ८३ मत प्राप्त गरेकी छन् । गोदावरी नगरपालिका एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको चुनावी क्षेत्र समेत हाे ।

प्रकाशित : जेष्ठ ४, २०७९ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?