एमालेका सुदूरपश्चिम इन्चार्ज भट्टका भाइ पराजित 

गोदावरी नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी

जेष्ठ ४, २०७९

मोहन बुडाऐर

धनगढी — कैलालीको गोदावरी नगरपालिकामा नेपाली कांग्रेसका वीरेन्द्र भट्ट विजयी भएका छन् । उनले  एमालेका  सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टका सहोदर भाइ गोकर्ण भट्टलाई ४ हजार २ सय ७७ मतान्तरले पराजित गरेका हुन् । 

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मेयरमा निर्वाचित भट्टले १५ हजार ५सय १ मत ल्याएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी गोकर्ण भट्टले ११ हजार २सय २४ मत ल्याए ।  गोदावरीको उपमेयरमा भने एमालेकी उम्मेदवार शारदादेवी रोकाया निर्वाचित भएकी छन् । उनले १० हजार ६ सय ७० मत ल्याइन् । गठबन्धन उम्मेदवार  समाजवादीकी रत्ना कठायतलाई राेकायाले ६ सय ८७ मतले पराजित गरिन् ।  कठायतले  ९ हजार ९ सय ८३ मत प्राप्त गरेकी छन् ।  गोदावरी नगरपालिका एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको चुनावी क्षेत्र समेत  हाे । 

स्थानीय तह निर्वाचन २०७९

मोहन

Link copied successfully