नुवाकोटको शिवपुरी गाउँपालिका अध्यक्षमा कांग्रेसका थपलिया विजयी

जेष्ठ ४, २०७९

कृष्ण थापा

नुवाकोट — नुवाकोटको शिवपुरी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका गोविन्द्रप्रसाद थपलिया चुनिएका छन् । उपाध्यक्षमा माओवादी केन्द्रका वीरबहादुर तामाङ विजयी भएका छन् । कांग्रेसका थपलियाले ४ हजार १८२ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका पदमबहादुर उप्रेतीले ४ हजार ७३ मत ल्याए । 

अध्यक्षमा १०८ मतान्तरले कांग्रेसका थपलियाले जितेका हुन् । ०७४ सालको चुनावमा एमालेबाट सोही पदमा उम्मेदवार हुँदा उप्रेती कांग्रेसका रामकृष्ण थापासँग पराजित भएका थिए । यहाँ माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेल गरेका थिए ।  त्यसैगरी उपाध्यक्ष माओवादीका वीरबहादुर तामाङले नेपाली कांग्रेसकी इन्दिरा खड्कालाई पराजित गरे । खड्काले ४ हजार ५६ मत पाउँदा तामाङले ६६४ मत बढी पाए । 

स्थानीय तह निर्वाचन २०७९

कृष्ण

Link copied successfully