व्यासको रिस्तीमा बुधबार पुनः मतदान हुँदै

सम्झना रसाइली

तनहुँ — जिल्लाको व्यास नगरपालिका ८ रिस्तीको दुईवटा मतदान केन्द्रमा बुधबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । सुरक्षाकर्मीको कडा सुरक्षा व्यस्थापनका बीच मतदान कार्य चलिरहेको छ ।

व्यासको रिस्तीमा बुधबार पुनः मतदान हुँदै

निर्वाचन आयोगले स्थानीय निर्वाचनअन्तर्गत वैशाख ३० गतेको मतदान कार्य रद्द गरी बुधबार पुनः मतदान गर्नेगरी निर्णय गरेको थियो । उक्त दिन दिउँसो व्यासका मेयर स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण भएपछि निर्वाचन आयोगले मतदान रद्द गर्ने निर्णय गरेको थियो ।

गाविस भवन फेदीअन्तर्गत (क) मतदान केन्द्रमा ७ सय ५६ र (ख) मतदान केन्द्रमा ८ सय २० मतदाता रहेका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँले मतदान केन्द्रमा अनधिकृत व्यक्तिलाई प्रवेश निषेध गरेको छ । बिहान ७ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म अनधिकृत व्यक्तिलाई मतदान क्षेत्रमा प्रवेश गर्न दिइएको छैन ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार उक्त केन्द्रभित्र मतदाता, उम्मेदवार र निजको प्रतिनिधि, निर्वाचनमा खटिएका कर्मचारी, अनुमतिप्राप्त व्यक्ति वा संस्थाका प्रतिनिधि र सुरक्षामा खटिएका कर्मचारी बाहेक अन्य व्यक्तिलाई प्रवेश निषेध गरिएको छ ।

प्रकाशित : जेष्ठ ४, २०७९ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?