काभ्रेको खानीखोलामा माओवादी केन्द्रका थिङ र कांग्रेसका जिम्वा विजयी

जेष्ठ ४, २०७९

नगेन्द्र अधिकारी

काभ्रे — खानीखोला गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनकाबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार इन्द्रबहादुर थिङ (छिन्ताङ) र उपाध्यक्षमा नेपाली कांग्रेसका दोर्जेमान जिम्वा निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित थिङले  ४ हजार ४ सय ८५  मत पाए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका शेखर लामाले ३ हजार १ सय ५६ मत पाएका थिए । उपाध्यक्षमा जिम्वाले ४ हजार ३ सय २८  मत पाए भने एमालेकी रुकमणि गुरुङले २ हजार ९ सय ८७  मत प्राप्त गरिन् ।

७ वडा रहेको खानीखोलामा माओवादी केन्द्रले ४, कांग्रेसले २ र एमालेले एक वडामा जित हासिल गरेका छन् ।

स्थानीय तह निर्वाचन २०७९

नगेन्द्र

Link copied successfully