मेलम्ची नगरमा कांग्रेसका तामाङ र एमालेकी प्रधान विजयी

जेष्ठ ४, २०७९

अनिश तिवारी

सिन्धुपाल्चोक — मेलम्ची नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार आइतमान तामाङ ११ हजार २ सय ५८ र उपमेयरमा एमालेकी उमा प्रधानले १० हजार १ सय ६४ मत ल्याएर विजयी भएका छन् ।

कांग्रेस-राप्रपाको गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका कांग्रेसका तामाङले ९३ मतान्तरले एमालेका बालकृष्ण देउजालाई हराएका हुन् ।

राप्रपाबाट उपमेयर उम्मेदवार कुमारी मोक्तानलाई एमालेकी प्रधानले पराजित गरेकी छन् । देउजाले ११ हजार २५८ र मोक्तानले ८ हजार ३६४ मत ल्याएर पराजय बेहोरेका छन् । अघिल्लो स्थानीय तह ०७४ निर्वाचनमा एमालेका डम्बर अर्यालसँग केही मतले कांग्रेसका आइतमान तामाङ पराजित भएका थिए ।

अर्यालसहित केही वडा र उपमेयरमा एमालेकी भगवती नेपाल निर्वाचित भएका थिए । यसपटक पुनः त्यही पदमा उम्मेदवारी दिएका उनले बाजी मारेका हुन् । 

स्थानीय तह निर्वाचन २०७९

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully