कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

सर्लाहीको मलंगवा नगरपालिकामा कांग्रेस विजयी

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको मलंगवा नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । कांग्रेसले मेयर र उपमेयरको उम्मेदवार फेरे पनि जित निकाल्न सफल भएको हो । 

सर्लाहीको मलंगवा नगरपालिकामा कांग्रेस विजयी

कांग्रेसबाट मेयर पदका लागि उम्मेदवार बनेका नागेन्द्रप्रसाद यादवले ९ हजार ७८ मत प्राप्त गरी विजयी भए । उनले जसपाका उम्मेदवार निरसल साहलाई ४ हजार ४ सय ३९ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । यादवका निकटतम प्रतिद्वन्द्वी साहले ४ हजार ६ सय ३९ मत प्राप्त गरे । यसअघिको निर्वाचनमा कांग्रेसबाट जितेका निवर्तमान मेयर साह कांग्रेसबाट टिकट नपाएपछि जसपाबाट उम्मेदवारी दिएका थिए ।

यस्तै उपमेयरमा पनि कांग्रेसकै शकुन्तलादेवी साह ४ मतले निर्वाचित भएकी छन् । उनले ५ हजार १ सय ४३ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाकै पानोदेवीले ५ हजार १ सय ३९ मत ल्याइन् ।

२० स्थानीय तह रहेको सर्लाहीमा १० स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ । जसमा कांग्रेसले ८ स्थानीय तहमा र माओवादी केन्द्रले २ स्थानीय तहमा विजयी हात पारेको छ । यस्तै पछिल्लो मत परिणामअनुसार बाँकी १० पालिकामा कांग्रेसले ४ स्थानीय तहमा अग्रस्थानमा छ भने एमाले २, जसपा २, लोसपा १ र माओवादी केन्द्र १ स्थानीय तहमा अग्रस्थानमा रहेको छ ।

प्रकाशित : जेष्ठ ४, २०७९ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?