भोजपुरको षडानन्द नगरको मेयरमा एमाले र उपमेयरमा माओवादी उम्मेदवार निर्वाचित

जेष्ठ ४, २०७९

कान्तिपुर संवाददाता

भोजपुर — भोजपुरको षडानन्द नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र उदास निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्वमेयर समेत रहेका वीरबल राईलाई  १ हजार १५ को मतान्तरले हराउँदै उदास निर्वाचित भएका हुन् । 

मेयरमा निर्वाचित उदासले ६ हजार ७ सय ७२ मत पाएका छन् भने राईले ५ हजार ७ सय ५७ मत पाए ।

उपमेयरमा एमालेकी मेरिका राईलाई पराजित गर्दै गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)की प्रमिला राई  विजयी भएकी छन् । माओवादीबाट उम्मेदवार रहेकी प्रमिलाले ७ हजार २ सय ५७ मत ल्याउँदै प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार मेरिकालाई २ हजार ८ सय ९९ मतान्तरले पराजित गरेकी हुन् । प्रतिद्वन्द्वी मेरिकाले ४ हजार ३ सय ५८ मत ल्याएकी थिइन् । उपमेयरमा पराजित मेरिका २०७४ सालकाे स्थानीय तह निर्वाचनबाट उपमेयर बनेकी थिइन् । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully