बर्दियाको ठाकुरबाबा नगरमा कांग्रेसले जित्यो मेयर, उपमेयरमा एमाले

जेष्ठ ४, २०७९

कमल पन्थी

बर्दिया — बर्दियाको ठाकुरबाबा नगरपालिकामा कांग्रेसबाट मेयर पदमा उम्मेदवार तिलक राम लम्सालले विजय हासिल गरेका छन् । उनले  माओवादी केन्द्रका नेत्रराम आचार्यलाई २ हजार २ सय २४ मतले पराजित गरे । 

लम्सालले ९ हजार ४२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी आचार्यले ६ हजार ८ सय १८ मत पाए । एमालेका घननारायण श्रेष्ठ ०७४ को स्थानीय तहको निर्वाचनमा ठाकुरबाबा नगरपालिकाबाट निर्वाचित भएका थिए । यसपटकको निर्वाचनमा उनले ६ हजार ५ सय ८१ मत पाए । उपप्रमुखमा एमालेकी विना भट्टराई विजयी भइन् । कांग्रेसकी उम्मेदवार मञ्जु कुमारी चौधरलाई उनले पराजित गरेकी छन् । भट्टराइले ८ हजार १ सय ७६ मत प्राप्त गर्दा चौधरीले ७ हजार ६ सय ७४ मत पाइन् ।  

स्थानीय तह निर्वाचन २०७९

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully