२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

दोलखाको बैत्यश्वर अध्यक्षामा कांग्रेसका लामा विजयी

केदार शिवाकोटी

दोलखा — दोलखको बैत्यश्वर गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै सिटमा नेपाली कांग्रेसका उम्मेदवारले विजय हासिल गरेका छन् । प्रमुखमा कांग्रेसका छवि लामा विजयी बनेका छन् । लामाले ५ हजार २ सय ९९ मत प्राप्त गरे । निकटम प्रतिद्धन्द्वी एमालेका माधवप्रसाद घिमिरेले ३ हजार ७ सय ७२ मत प्राप्त गरेका छन् ।

दोलखाको बैत्यश्वर अध्यक्षामा कांग्रेसका लामा विजयी

यस्तै माओवादी केन्द्रका लक्ष्मण खड्काले २ हजार ६३ मत प्राप्त गरे । उप प्रमुखमा नेपाली कांग्रेसकी कल्पना उप्रेती विजयी भएकी छिन् । उनले ५ हजार २ सय ७३ मत ल्याइन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका कल्याण दाहालले २ हजार ७ सय १८ मत प्राप्त गरे । २०७४ मा गाउँपालिका प्रमुखमा चुनिएका स्वतन्त्र उमेदवार छविलाल मोक्तानले अहिले २ हजार ६७ मत प्राप्त गरे ।


प्रकाशित : जेष्ठ ४, २०७९ ०६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?