रौतहटको परोहा नगरपालिकामा कांग्रेस विजयी

जेष्ठ ४, २०७९

रौतहट — रौतहटको परोहा नगरपालिकामा नेपाल कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका सेख वकिलले ६ हजार ८ सय २३ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका अरुणप्रसाद जैसवालले ४ हजार ५ सय ८६ मत पाए । सेख वकिल दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

नगरपालिकाको उपमेयरमा कांग्रेसकी सुगन्धी गिरी निर्वाचित भएकी छन् । गिरीले ६ हजार १ सय ६५ भोट प्राप्त गरिन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका वीणाकुमारीले ४ हजार ३ सय ५५ मत प्राप्त गरिन् । यो नगरपालिका कांग्रेसको पकड इलाका हो । 

स्थानीय तह निर्वाचन २०७९

Link copied successfully