भरतपुरको प्रारम्भिक परिणाम सार्वजनिक : मेयरमा एमालेको अग्रता

वैशाख ३१, २०७९

रमेशकुमार पौडेल

काठमाडौँ — भरतपुर  महानगरपालिकाको प्रारम्भिक मतपरिणाममा नेकपा एमालेका मेयर पदका उम्मेवार विजय सुवेदीले अग्रता कायम गरेका छन् ।

गणना गरिएको १ सय मतमध्ये एमालेका सुवेदीले ४१ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्र उम्मेदवार रेनु दाहालले ३७ मत प्राप्त गरेकी छिन् । दुवैबीच ४ मतको अन्तर रहेको छ। त्यसैगरी कांग्रेसका विद्रोही नेता जगन्नाथ पौडेलले ८ मत प्राप्त गरेका छन् ।

स्थानीय तह निर्वाचन २०७९

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully