१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

हेटौंडामा गठबन्धनले लियो अग्रता

सुवास विडारी

हेटौंडा — वाग्मती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकाको मतगणना धमाधम भइरहेको छ । हाल हेटौंडा–१, २, १८ र १९ नम्बर वडामा मतगणना कार्य भइरहेको छ । हालसम्म ९०० मत गणना हुँदा सत्तारुढ गठबन्धनले मेयर र उपमेयर दुवैमा अग्रता लिएको छ ।

हेटौंडामा गठबन्धनले लियो अग्रता

हालसम्म सत्तारुढ गठबन्धनतर्फ मेयरकी उम्मेदवार मीना लामा १० मतले अगाडि रहेकी छन् । हालसम्म गठबन्धनले २८३ मत प्राप्त गरेको छ । उनलाई एमालेले पछ्याइरहेको छ । एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेलले २७३ मत प्राप्त गरेका छन् । राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह १२४ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।

उपमेयरमा कांग्रेसका राजेश बानियाँले ४१८ मत प्राप्त गरेका छन् । एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले ३१९ र राप्रपाकी इन्दिरा न्यौपानेले ६१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : वैशाख ३१, २०७९ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?