म्याग्दी — मुस्ताङको वारागुङमुक्तिनाथक्षेत्र गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएका छन् ।
निर्वाचन कार्यालयका अनुसार वारागुङ गाउँपालिका अध्यक्षमा एमालेका रिङ्जीन नामगेल गुरुङ ८ सय ६७ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आङ्जेन गुरुङले ५ सय ७७ मत पाए ।
त्यस्तै, उपाध्यक्षमा एमालेकै ढिकी गुरुङले ७ सय ४९ मतसहित विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी धेच आङमो गुरुङले ६ सय ७७ मत पाइन । उपाध्यक्ष विजयी ढिकी गुरुङ ०७४ मा पनि उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
निर्वाचन अधिकृत शारदादेवी पौडेलका अनुसार वारागुङमुक्तिनाथक्षेत्र गाउँपालिकाको ५ वडामध्ये १, ३ र ४ वडामा एमाले र २ तथा ४ वडामा कांग्रेस विजयी भएका छन् ।
