सन्धिखर्क र मालारानीमा एमालेको अग्रता

वैशाख ३१, २०७९

वीरेन्द्र केसी

अर्घाखाँची — मालारानी गाउँपालिकाको पछिल्लो मतपरिणाम अनुसार एमाले अगाडि छ । एमालेबाट पालिका अध्यक्षका उम्मेदवार दलबहादुर भट्टराईले १ सय ५९ मत ल्याए । गठबन्धनबाट माओवादी केन्द्रमा उम्मेदवार पदम क्षत्रीले १ सय ३ मत ल्याएका छन् ।

उपाध्यक्ष पदमा एमालेकी दीपा पोखरेलले १ सय ४९ मत ल्याइन् भने गठबन्धनबाट कांग्रेसका उम्मेदवार शोभाखर खनालले १ सय ४ मत ल्याएका छन् ।  

सन्धिखर्क नगरपालिकामा पनि एमालेकै उम्मेदवारले अग्रता ल्याएका छन् । पछिल्लो मतपरिणाम अनुसार १ हजार ६ मत गणना हुँदा एमालेबाट नगर प्रमुखका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले ५ सय १३ मत ल्याए । गठबन्धनबाट कांग्रेसकी शान्ता भण्डारीले  ४ सय ४९  मत ल्याइन् । 

उपप्रमुख पदमा गठबन्धनबाट माओवादी केन्द्रका राजेन्द्र भुसालले अग्रता लिएका छन् । उनले ४ सय ५५ मत ल्याएका छन् । उपप्रमुखमा एमालेकी मिश्रा आर्चाले ३ सय ७२ मत ल्याइन् ।       

स्थानीय तह निर्वाचन २०७९

वीरेन्द्र

Link copied successfully