दाङ — स्थानीय तहको शुक्रबार भएको निर्वाचन अन्तर्गत दाङमा नेकपा (माओवादी केन्द्र)ले वडामा विजयी सुरुआत गरेको छ । राप्ती गाउँपालिका - ९ मा माओवादीका उम्मेदवार रिमबहादुर सुनारी मगर विजयी भएका छन् ।
राप्ती गाउँपालिका वडा नम्बर ९ मा ७१४ मत खसेकामा मगरले ३ सय ५८ मत प्राप्त गरेका थिए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश चुहानले १ सय ९८ मत प्राप्त गरेका थिए । उनी यसअघि पनि सोही वडामा अध्यक्ष निर्वाचित भएका थिए । राप्तीमा माओवादी र जनमोर्चाले गठबन्धन गरेका थिए ।
