बैतडीको सुर्नया–१ मा एमालेका उम्मेदवार विजयी

वैशाख ३१, २०७९

तृप्ति शाही

बैतडी — बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका वडा अध्यक्ष उम्मेदवार धनबहादुर चन्द प्यानलसहित विजयी भएका हुन् । 

चन्दले १ सय ५५ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले १ सय १५ मत ल्याएका छन् । वडाका सबै सदस्यहरूमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन् ।

स्थानीय तह निर्वाचन २०७९

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully