सल्यान — स्थानीय निर्वाचनको मतदान सम्पन्न भए लगत्तै सुरु भएको मतगणना अनुसार जिल्लाको सदरमुकाम खलंगामा रहेको शारदा नगरपालिकामा प्रमुख तथा उपप्रमुख पदमा कांग्रेस अगाडि रहेको छ ।
मुख्य निर्वाचनको कार्यालय सल्यानले दुई सय मतगणना गरेको सार्वजनिक सूची अनुसार अहिलेसम्म कांग्रेसका प्रमुख पदका उमेदवार प्रकाश भण्डारीको ९१ मत ल्याएका छन् । उनका प्रतिद्धन्दीका रुपमा रहेका एमालेका मनोज प्रधानले ५२ मत ल्याएका छन् भने समाजवादीसँग वगठबन्धन गरेका माओवादी केन्द्रका उमेदवार प्रमोदकुमार श्रेष्ठले ४५ मत ल्याएका छन् ।
प्रमुख पदमा कांग्रेसका उमेदवार प्रकास भण्डारी एमालेका उमेदवार मनोजकुमार प्रधानभन्दा ३९ र माओवादी केन्द्र तथा नेकपा समाजवादीका उमेदवार प्रमोद श्रेष्ठ भन्दा ४६ मतले अगाडि रहेका छन् ।
यस्तै उपप्रमुखमा कांग्रेसकी उमेदवार सुस्मिता सापकोटाले ७०, एमालेकी जालना भण्डारीले ६५ र नेकपा समाजवादीका रमेशकुमार गौतमले ४९ मत ल्याएका छन् । २०७४ को स्थानीय निर्वाचनमा शारदा नगरपालिकामा प्रमुख तथा उपप्रमुख पदमा कांग्रेसले नै जितेको थियो ।
यस्तै मतगनना गर्दा सिद्धकुमाख र दार्मा गाउँपालिकामा पनि कांग्रेस अगाडि देखिएको छ । यता छत्रेस्वरीमा भने स्वतन्त्र उमदेवार अगाडि देखिएका छन् ।
