कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी

घनश्याम खड्का

म्याग्दी — मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार एमालेका लोप्साङ छोम्पेल विष्ट र उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्टले ६ सय ८९ मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन (नेकपा एस)का देवबहादुर गुरुङले १ सय ८५ मत पाए ।

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी

त्यस्तै उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङले ६ सय ४१ मत लिएर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी (नेपाली कांग्रेस)की लक्ष्मी गुरुङले २ सय २५ मत लिएर पछ्याएकी थिइन् ।

लाे घेकर दामाेदरकुण्ड गाउँपालिकामा एमालेबाट अध्यक्ष निर्वाचित लाेप्साङ छाेम्पेल विष्ट ०७४ सालमा स्वतन्त्रबाट पालिका अध्यक्षमा विजयी भइ एमाले प्रवेश गरेका थिए । त्यसैगरी छिरिङ ल्हामाे गुरूङ ०७४ सालमा एमालेबाट जिल्ला समन्वय समिति मुस्ताङकाे प्रमुख निर्वाचित भएकी थिइन् । नेपालकै कान्छी समन्वय समिति प्रमुख गुरूङ यसपालि पालिका उपाध्यक्ष निर्वाचित भएकी छिन् ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका–१ को वडाध्यक्षमा एमालेका टसीढिण्डु ठकुरी, वडा नम्बर ३ को वडाध्यक्षमा एमालेकै झियान तिजिन गुरुङ, ४ नम्बर वडाध्यक्षमा पनी एमालेकै झियानछुसाङ गुरुङ निर्विरोध भएका थिए ।

वडा ३ र ५ को वडाध्यक्षमा निर्वाचन भएको थियो । यी वडाको मतपरिणाम प्राप्त भएको छैन ।

प्रकाशित : वैशाख ३१, २०७९ ०६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?