मनाङमा ६२.६० प्रतिशत मत खस्यो

वैशाख ३०, २०७९

कान्तिपुर संवाददाता

लमजुङ — हिमाली जिल्ला मनाङमा कुल ६२ दशमलब ६० प्रतिशत मत खसेको छ । ङिस्याङ गाउँपालिकाका अधिकांश स्थानीय मतदानमा सहभागी नहुँदा जिल्लामा कम मत खसेको देखिएको हो । मनाङ जिल्लाभर कुल ६ हजार ४ सय ९६ मतदाता रहेकोमा ४ हजार ६७ मत खसेको चामेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सबैभन्दा धेरै ३ हजार ५ सय ३५ मतदाता रहेको मनाङ ङिस्याङमा १ हजार ६ सय ५७ मत अर्थात ४६ दशमलब ८७ प्रतिशत मात्रै मत खसेको छ ।नासो गाउँपालिकामा १ हजार ८ सय २ मतदाता रहेकोमा १ हजार ४ सय ९६ मत अर्थात ८३ दशमलब ०१ प्रतिशत खसेको छ । चामे गाउँपालिकामा ७ सय ११ मतदाता रहेकोमा ६ सय १० मत अर्थात ८५ दशमलब ७९ प्रतिशत मत खसेको छ । नार्पाभूमि गाउँपालिकामा ४ सय ४८ मतदाता रहेकोमा ३ सय ४ मत अर्थात ६७ दशमलब ८५ प्रतिशत खसेको मुख्य निर्वाचत अधिकृत पुनाराम खनालले बताए । ४ वटामात्रै गाउँपालिका रहेको मनाङमा २८ वटा मतदानस्थल छन् । सबै मतदान केन्द्रमा शान्तिपूर्ण तवरले मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले बताए ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully