बारपाक सुलिकोटको माइकोट माविमा मतदान रोकियो

हरिराम उप्रेती

गोरखा — गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ स्थित माइकोट मावि कोटथोक ‘क’ मतदानकेन्द्रमा मतदान एक घण्टादेखि रोकिएको छ ।

बारपाक सुलिकोटको माइकोट माविमा मतदान रोकियो

उक्त केन्द्रमा खटिएका कर्मचारी सञ्जीव थापा नजिकैको चन्द्रकला माविको मतदान केन्द्र मतदान गर्न गएको विषयमा विवाद चर्किएपछि मतदान रोकिएको हो । कांग्रेस प्रतिनिधिले कर्मचारी अन्यत्र मतदान गर्न गएको विषयमा विरोध जनाएका छन् ।

सर्वदलीय बैठक बसेर मतदान प्रक्रिया सुरुका लागि पहल गर्दा पनि सहमति जुट्न नसकेको उक्त केन्द्रमा खटिएका मतदान अधिकृत ईश्वर कुमालले बताए । ‘उहाँहरूले सुरुमा कर्मचारीलाई कारबाहीको माग राख्नुभयो, हामीले कर्मचारीलाई पनि निर्वाचन अधिकारीको कार्यालयमा पठाइसक्यौँ,’ उनले भने,‘सर्वदलीय बैठक बसौँ, निर्वाचन सुरु गरौँ भनेको त्यसो हुन सकेको छैन ।’

प्रकाशित : वैशाख ३०, २०७९ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?