बारपाक सुलिकोटको माइकोट माविमा मतदान रोकियो

वैशाख ३०, २०७९

हरिराम उप्रेती

गोरखा — गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ स्थित माइकोट मावि कोटथोक ‘क’ मतदानकेन्द्रमा मतदान एक घण्टादेखि रोकिएको छ ।

उक्त केन्द्रमा खटिएका कर्मचारी सञ्जीव थापा नजिकैको चन्द्रकला माविको मतदान केन्द्र मतदान गर्न गएको विषयमा विवाद चर्किएपछि मतदान रोकिएको हो । कांग्रेस प्रतिनिधिले कर्मचारी अन्यत्र मतदान गर्न गएको विषयमा विरोध जनाएका छन् ।

सर्वदलीय बैठक बसेर मतदान प्रक्रिया सुरुका लागि पहल गर्दा पनि सहमति जुट्न नसकेको उक्त केन्द्रमा खटिएका मतदान अधिकृत ईश्वर कुमालले बताए । ‘उहाँहरूले सुरुमा कर्मचारीलाई कारबाहीको माग राख्नुभयो, हामीले कर्मचारीलाई पनि निर्वाचन अधिकारीको कार्यालयमा पठाइसक्यौँ,’ उनले भने,‘सर्वदलीय बैठक बसौँ, निर्वाचन सुरु गरौँ भनेको त्यसो हुन सकेको छैन ।’

स्थानीय तह निर्वाचन २०७९

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully