कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गोरखामा ५० प्रतिशत मत खस्यो

चुमनुव्रीका चार केन्द्रमा मतदान अन्तिम चरणमा
हरिराम उप्रेती

गोरखा — शुक्रबार भइरहेको स्थानीय तह निर्वाचनमा दुई बजेसम्म गोरखामा ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गोरखामा ५० प्रतिशत मत खस्यो

उत्तरी गोरखा अन्तरगत धार्चे र चुमनुव्री गाउँपालिकामा ६० प्रतिशत मतदान भएको मुख्य निर्वाचन निर्वाचन अधिकृत दिनवन्धु बरालले बताए । ‘जिल्लाभर समग्रमा ५० प्रतिशतभन्दा मत खसेको छ,’ उनले भने ।

११ स्थानीय तह रहेको गोरखामा ३ सय ११ मतदान केन्द्र छन् । उत्तरी गोरखाअन्तर्गत कम मतदाता रहेको केन्द्रमा मतदान अन्तिम चरणमा पुगेको छ । ८२ मतदाता रहेको नामरुङ गुम्बा मतदान केन्द्रमा ७२ खसेको छ । ‘केही मतदता अझै आउँदै हुनुहुन्छ,’ मतदान अधिकृत डिलप्रसाद गुरुङले भने,‘अधिकाशंले बिहानै हालेर गइसक्नुभयो, अब १० जनाको बाँकी छ, कुरेर बसेका छौँ ।’

त्यस्तै चुमनुव्री गाँपालिका–४ को हिमचुली आधारभुत विद्यालय छाकमा ५८ मत खसेको छ । उक्त केन्द्रमा १०५ मतदाता रहेको मतदान केन्द्रमा खटिएका कर्मचारी केशवराज गुरुङले बताए । ‘५० प्रतिशत मत खसिसक्यो, अहिले भीडभाड घटेको छ,’ उनले भने,‘हामी बेलुकी पाँच बजेसम्म बस्छौँ ।’

चुमनुव्री गाउँपालिका क्राकको क्राक गुम्बा मतदान केन्द्रमा पनि ६८ मत खसेको छ । उक्त केन्द्रमा ९९ मतदाता छन् । कम मतदाता रहेको मतदान केन्द्रको मतदान अन्तिम चरणमा पुगे पनि कर्मचारीले भने साँझ पाँच बजेसम्म बस्ने गुरुङले बताए ।

प्रकाशित : वैशाख ३०, २०७९ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?