मोरङ — प्रदेश १ को एकमात्र महानगरपालिका सहित १७ वटा स्थानीय तह भएको ३ सय मतदानस्थलको ८ सय २० मतदानकेन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जिल्लास्थित सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको बताए । साँझ ५ बजेभित्र मतदानस्थलमा प्रवेश गरिसकेका सबै व्यक्तिले मतदान गर्न पाउने उनले बताए ।

