१४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

देशभर ५३ केन्द्रमा मतदान अवरुद्ध

काठमाडौँ — निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनअन्तर्गत देशभर ५३ वटा मतदान केन्द्रमा मतदान अवरुद्ध भएको जनाएको छ । दल र उम्मेदवारहरूबीचको विवाद, झडप र अन्य कारणले समेत गरी शुक्रबार अपरान्हसम्ममा देशभर ५३ वटा केन्द्रमा मतदान अवरुद्ध भएको आयोगले जनाएको छ । 

देशभर ५३ केन्द्रमा मतदान अवरुद्ध

आयोगका अनुसार ताप्लेजुङ्गको आठराई त्रिवेणी, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी, दोलखाको तामाकोशी, मेलुङ र बैतेश्वरका एक–एक वटा मतदान केन्द्रमा मतदान अवरुद्ध भएको थियो ।

त्यस्तै, सिन्धुलीको कमलामाई, दुधौली, तिनपाटन, हरिहरपुरगढी, धनुषाको मिथिला, महोत्तरीको भँगाहा, सर्लाहीको चक्रभट्टा र हरिभवन, नुवाकोटको पञ्चकन्या, काठमाडौंको शंखरापुर, काभ्रेको रोशी, मकवानपुरको मकवानपुरगढी, रौतहटको ईशनाथ, बाराको सुवर्ण, आदर्श कोटवाल, कोल्हवी र जीतपुरसिमरा तथा दाङको घोराहीका एक–एक वटा केन्द्रमा मतदान रोकिएको छ ।

त्यस्तै कालिकोटको सान्नी त्रिवेणी, हुम्लाको चंखेली, दैलेखको आठबीसकोट, बाजुराको बुढीगंगा, बुढीनन्दा, स्वामीकार्त्तिक, अछामको ढकारी र पञ्चदेवल, पर्साको जिराभवानी, चितवनको खैरहनी र भरतपुर, रोल्पाको लुङ्गी तथा कैलालीको टिकापुर र बर्दगोरियाका एक–एक वटा मतदान केन्द्रहरूमा मतदान प्रभावित भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार देशभर १० हजार ७५६ मतदानस्थलमा २१ हजार ९५५ वटा मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गरिरहेका छन् ।

प्रकाशित : वैशाख ३०, २०७९ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?