सिन्धुपाल्चोकको धुस्कुनमा विवादपछि दुई घण्टादेखि मतदान रोकियो

वैशाख ३०, २०७९

सीमा तामाङ

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-३, धस्कुनस्थित महेन्द्र प्रताप मावि मतदान केन्द्रमा कांग्रेसका कार्यकर्ता र सुरक्षाकर्मी बीच विवाद भएका कारण दुई घण्टादेखि मतदान रोकिएको छ । त्यहाँ स्थानीयद्वारा पुन: मतदान सुरु गर्न नाराबाजी गरेर लाइनमा बसिरहेका छन् ।

मतदान केन्द्रमा खटिएका कार्यकर्तालाई खाजा लिएर बाहिरबाट मानिसहरु भित्र प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीले रोकेका थिए । सुरक्षाकर्मीले मतदान केन्द्र भित्र पस्न नदिएपछि सुरु भएको विवादले उग्ररुप लिएपछि मतदान रोकिएको हो ।

विवाद समाधान गर्न सर्वदलीय बैठक बसे पनि त्यसले ठोस निर्णय नलिएपछि मतदान सुरु भएको छैन । स्थानीयहरु भने मतदान गर्न पाउनुपर्ने भन्दै लाइनमा बसिरहेका छन् ।

स्थानीय तह निर्वाचन २०७९

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully