काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् । उनले हेटौंडा-६ स्थित वंशगोपाल उच्च माध्यमिक विद्यालयस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
थापाको गृह नगरमा राप्रपा नेपालबाट कुनै पदमा पनि उम्मेदवारी छैन ।
संविधानले निर्धारण गरेको हरेक ५ वर्षमा हुने स्थानीय तह निर्वाचन शुक्रबार हुँदै छ । संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन हुन लागेको हो ।
