ताप्लेजुङ — नेकपा एमाले सचिव एवं पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मतदान गरेका छन् । मैवाखोला गाउँपालिका ३ साँघुको नारायणी मावि साँघुक मतदान केन्द्रमा गएर मतदान गरेका हुन् ।
मतदानका लागि उनि बिहीबारै साँघु गएका थिए । मतदान गरेर निस्किएपछि नेता भट्टराईले निर्वाचन लोकतन्त्रको मुटु र नागरिकको सार्वभौम अधिकारको अभ्यास गर्ने संवैधानिक अधिकार भएको प्रतिक्रिया दिएका छन् ।
