गोरखा — नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मतदान गरेका छन् ।
मतदान सुरु भएको केहिबेरपछि उनले सिरानचोक गाउँपालिका ८ जौवारीस्थित परोपकार आदर्श मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
शुक्रबार बिहान ७ बजेबाट देशभर एकैपटक मतदान सुरु भएको हो ।
