राष्ट्रिय सभा अध्यक्ष्य तिमिल्सिनाले गरे मतदान

वैशाख ३०, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय संसद् राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । अध्यक्ष तिमिल्सिनाले शुक्रबार गृह जिल्ला पर्वतको मोदी गाउँपालिका वडा नम्बर- ७ राम्जाको पशुपति मावि `क´ केन्द्रबाट मतदान गरेका हुन् । 

अध्यक्ष तिमिल्सिनाको सचिवालयका अनुसार उनले शुक्रबार बिहान साढे ७ बजे मतदान गरेका हुन् । 

स्थानीय तहको निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना दुई दिनअघि नै पर्वत पुगेका थिए । 

सात स्थानीय तहका ६१ वडा रहेको पर्वतका सबै मतदान केन्द्रमा मतदान बिहान ७ बजेदेखि मतदान सुरु भएको छ ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully