अर्थमन्त्री जनार्दन शर्माद्वारा मतदान

वैशाख ३०, २०७९

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — अर्थमन्त्री जनार्दन शर्माले मतदान गरेका छन् । शुक्रबार मतदान सुरु भएको केहिबेरमै रुकुम पश्चिमस्थित मुसीकोटबाट मतदान गरेका हुन् ।

संविधानले निर्धारण गरेको हरेक ५ वर्षमा हुने स्थानीय तह निर्वाचन शुक्रबार हुँदै छ । संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन हुन लागेको हो ।

०७४ मा निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल जेठ ५ मा सकिँदै छ । नयाँ जनप्रतिनिधिको कार्यकाल जेठ ६ देखि सुरु हुनेछ ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully